‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले  – कांग्रेस समीकरणको प्रभाव, नेप्सेले २२ सय बिन्दु नाघ्यो 

काठमाडौं ।  नेप्से परिसचुकले यो साता २२ सय बिन्दु नाघेको छ । यो एक वर्षअघिको अवस्थामा पुगेको हो ।  २०८० साउन ८ मा नेप्से २२००.५० विन्दुमा पुगेको थियो । 
लगानीकर्ता बजारप्रति सकारात्मक हुँदा त्यसको प्रभाव सेयर बजारमा परेको हो । सोही कारण कारोबार रकम पनि बढेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको नयाँ सत्ता समीकरण बनेसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको थियो । अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको चर्चा चलेसँगै लगानीकर्ता उत्साहित भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताएकी छिन् । विगतमा उनी अर्थमन्त्री हुँदा सेयर बजारका लगानीकर्ताले रुचाएका कारण बजार बढेको थियो ।
यस्तो अवस्थामा अव आउने चैतमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सेवा अवधि पूरा हुँदैछ । उनले पनि आफू जाँदाको वर्षमा मौद्रिक नीति वित्त नीतिले मागे जस्तो ल्याउन सक्ने देखिएको छ । यो भन्दा अघि वित्त नीतिले मात्रै पुँजी बजारलाई चलायनमान बनाउन नसक्ने भन्दै लगानीकर्ताले केन्द्रीय बैंकको बिरोध गर्दै आएका थिए । राष्ट्र बैंकले घरजग्गा कारोबार र सेयर बजारमा हस्तक्षेप गरेको कारण बजारले गति लिन नसेको गुनसोलाई यो पटकको मौद्रिक नीतिले सम्बोधन गर्नेमा सबै लगानीकर्ता आशाबादी रहेका छन । 
त्यसैले केन्द्रीय बैंकले आगामी साउन पहिलो साता केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउँदैछ । उक्त नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा बजारले गरेको छ । मौद्रिक नीति लचक आउने र बजारलाई थप सहयोग पुग्ने अपेक्षाले पनि सेयर बजारमा केही सुधार ल्याइरहेको छ । बैंक ब्याजदर घट्दै जानु, बैंकमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहनुजस्ता कारणले पनि सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । 
कारोबार रकमका आधारमा साताभरमा बिहीबार सर्वाधिक बढी कारोबार भएको छ । आइतबार ६ अर्ब रुपैयाँमाथि कारोबार भएकोमा सोमबार ४ अर्ब ५६ करोड रुपैयाँ, मंगलबार ५ अर्ब ५३ करोड, बुधबार ५ अर्ब ७४ करोड र बिहीबार ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।
अघिल्लो साता २२ अर्ब ७५ करोड कारोबार रकमसहित ३.३० प्रतिशतले बढेको बजार यो हप्ता भने झन्डै २९ अर्बको कारोबार रकमका साथ ४ प्रतिशतले बढ्ेको छ । साताको अन्तिम दिनसम्म आइपुग्दा बजार पुँजीकरण ४ प्रतिशतले बढेर ३३ खर्ब ६२ अर्बबाट ३४ खर्ब ९६ अर्ब पुगेको छ । गत साताको बिहीबार २११९.७० विन्दुमा रहेको परिसूचक आइतबार २१४०.९८ विन्दुमा पुग्यो । त्यस्तै सोमबार २१३६.३५ विन्दुमा झरेर मंगलबार २१५२.१५ विन्दुमा पुग्यो । बुधबार २१७५.४१ विन्दुमा पुगेर बिहीबार भने २२०४.६१ विन्दुमा पुगेको हो । १८००–२२०० सम्म चलेको बजारले ५ पटक २२०० बिन्दुलाई परीक्षण गरिसकेको छ । बजार घट्दा कारोबार रकम खुम्चिनु र बढ्दा राम्रो कारोबार आउनुले बजारले सानोतिनो अवरोधलाई छिचोल्दै अघि बढ्न सक्ने देखिएको छ । 
 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ४९ बजे