साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

विवादपछि इजरायलमा रोजगारीका लागि आवेदन दिने म्याद १० दिन थप

काठमाडौँ । इजरायलमा सरकारले रोजगारीमा पठाउने श्रमिकको भर्ना प्रक्रिया विवादमा परेपछि वैदेशिक रोजगार विभागले आवेदन दिने म्याद १० दिन थपेको छ । 

वैदेशिक रोजगार विभागले २०८१ साउन ११ गतेसम्म आवेदन दिने गरी म्याद थप गरेको हो । यसअघि साउन १ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । विभागले असार ११ गते सूचना जारी गर्दै आवेदन माग गरेको थियो ।

इजरायलले ८०० जना केयर गिभर माग गरेको थियो । सोही आधारमा विभागले सूचना जारी गरेको थियो ।

अङ्ग्रेजी भाषा परीक्षाको जाँच दिइसकेपछि परिणाम प्राप्त गर्न समय लाग्ने भएकाले ब्रिटिस काउन्सिलबाट लिइने परीक्षाका लागि साउन १ गतेभित्र आफ्नो नाम र विवरण सहित दर्ता प्रणालीमा रजिस्ट्रेसन गराउन समेत आग्रह गरेको छ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि स्याहार गर्न केयर गिभर माग गरेको थियो ।

केयर गिभरका लागि यो पटक ब्रिटिस काउन्सिलबाट कम्तीमा ए २ तहको अङ्ग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ । यसअघि भने जुनसुकै निकायबाट अङ्ग्रेजी भाषा परीक्षा पास भएको प्रमाणपत्र पेस गरेको खण्डमा समेत मान्य हुँदै आएको थियो । 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ५ : ५६ बजे