दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रचण्डलाई विश्वासको मत नदिन काँग्रेसको ह्विप

​​​​​​​काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार लिन लाग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ । 

यसका लागि काँग्रेस  संसदीय दलको आज बसेको बैठकले दाहालको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ।

 

काग्रेंसका प्रमुख सचेतक रमेश लेखकले भोलि बिहान ११ बस्ने प्रतिनिधिसभाको बैठकमा काँग्रेसका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको बताउनुभयो । उहाँले  सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको जानकारी दिनुभयो।

 

काँग्रेस एमाले मिलेर सरकार बनाउने सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १२ : ४४ बजे