दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमालेका उच्च नेताहरूकै जिल्लामा हुन सकेनन् अधिवेशन  

काठमाडौँ, । नेकपा (एमाले)का निर्वाचन आयोगका अध्यक्ष अहिले डा. विजय सुब्बा हुनुहुन्छ  । पार्टीले दिएको समय सीमा भित्रे उहाँकै   जिल्ला तेह्रथुममा   अधिवेशन भएको छैन । 

उहाँ जस्ता उपल्ला तहका  नेता भएको  झण्डै एक दर्जन जिल्लाहरूमा तोकेको समय सीमा  भित्र अधिवेशन हुन सकेका  छैनन् 

देशभरिका ६६ जिल्लामा अधिवेशन हुँदा निर्वाचन आयोगका अध्यक्ष डा.सुब्बाको जिल्लामा अधिवेशन भएन । एमालेका सवै तहको निर्वाचन गराउने जिम्मा पाउनु भएका उहाँको आफ्नै जिल्लामा अधिवेशन  हुन नसक्नुलाई   कतिपयले  उहाँलाईसमेत दोष दिने गरेका छन् । 

यस्तै एमाले सचिव रघुविर महासेठ जिल्ला धनुषामा पनि अधिवेशन भएको छैन । 

अहिलेका युवा पुस्ता नेता सुहाङ नेम्बाङको जिल्ला इलाममा पनि समयमा नै जिल्ला अधिवेशन भएको छैन  । 

 युवा नेता अखिलका पूर्व अध्यक्ष ऐन महरकोपनि  आफ्नो जिल्लामा अधिवेशन हुन सकेको छैन। 

पार्टीको जनसम्पर्क समन्वय विभागका संयोजक भानुभक्त ढकालको आफ्नो जिल्ला मोरङमा पनि  अधिवेशन भएको छैन  । आफ्नो जिल्ला पनि निर्वाचन गराउन नसक्ने स्थायी कमिटी सदस्य ढकालले २२ जनवर्गिय सङ्गठन कसरी समन्वय गरिरहेका भनेर  पार्टी केन्द्रीय कार्यालयमा प्रश्न उठ्न थालेको छ । 

सत्यनारायण मण्डल र सुमन प्याकुरेलेको   गृह जिल्ला सप्तरीमा अधिवेशन  हुन सकेको छैन । यसरी उच्च तहकै नेताको गृह जिल्लामा अधिवेशन हुन नसक्दा कार्यकर्ताहरूले प्रश्न उठाएका छन् । 

लीलानाथ श्रेष्ठको गृह जिल्ला  सिराहामा पनि अधिवेशन हुन सकेको छैन  । राम्रा कहलिएका नेता श्रेष्ठको आफ्नो गृह जिल्लामा अधिवेशन हुन नसक्दा  प्रश्न उठेको छ । डोल्पाका इन्चार्ज प्रेमबहादुर सिंहको  जिल्लामा पनि अधिवेशन हुन सकेको छैन  । उहाँ पुराना नेता मानिनुहुन्छ  । मनाङमा पनि जिल्ला अधिवेशन भएको छैन । 

एमाले केन्द्रीय सचिवालय बैठकले  जेठ मसान्तसम्म निर्वाचन गराउन समय सीमा तोकिदिएको थियो अधिवेशन नगर्ने  ती ११ जिल्लालाई कारबाही गर्ने भएको छ ।  ती जिल्लालाई आगामी कार्तिकभित्र अधिवेशन गर्न बैठकले निर्देशन दिएको छ । ती ११ वटा जिल्लाका कमिटीलाई सङ्गठन कमिटीमा रूपान्तरण गरिएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १२ : ३५ बजे