दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रचण्ड ‘इच्छा’मा बनेको समाजवादी  मोर्चाको अवस्था दयनीय 

काठमाडौं। एक वर्ष अघि माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाका घटक यस बेला छिन्न भिन्न अवस्थामा छन् । गएको असार ५ गते घोषणा भएको सो   मोर्चाका  अध्यक्ष समेत दुई जना फेरिएका छन् । मोर्चा  घटकको नारा न एउटै छ न रणनीति र कार्यनीति। तर आफ्ना सबै अस्त्र सकिएपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डलाई त्यसको खुब सम्झनाले सताउँछ। र समस्या  परेको बेला मोर्चाको सम्झनामा बाडुली आउने गर्छ । 

 

समाजवादी मोर्चा घोषणाबाट सबैभन्दा बढी उत्साहित माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल देखिनु भएको थियो।  यो घोषणाले ३२ सिट भएको माओवादीले  मोर्चाको ५४ सिट भन्दै कांग्रेस र एमालेलाई थर्काउने गरेको थियो। 

 मोर्चाले सरकारको कामकारबाहीमा निर्णायक भूमिका निर्वाह गर्ने भनिए पनि त्यसले एक बर्षको बीचमा कांग्रेस  र एमालेलाई बेला बेलामा दच्काउनु भन्दा बाहेक  केही गर्न सकेन ।  मोर्चामा रहनेहरू प्रतिनिधिसभामा ३२ सांसद रहेको माओवादी, १२ सांसद रहेको जसपा र १० सांसद रहेको एकीकृत समाजवादी हुन ्। कुनै बेला छुटेर गएका पूर्वमाओवादी नेता चन्दको समूह पनि मोर्चामा जोडिएको थियो  । चन्दको नेकपामार्फत सडकबाट दबाब दिने रणनीति मोर्चाले लिएको थियो । तर चन्द आफै कुहिरोको काग जस्तो हुनु भएको छ। उहाँको  गतिविधि संसदीय हो कि  अर्ध सैनिक हो भन्नेमा अझै अन्योल छ। 

दाहालले प्राप्त उपलब्धिका रक्षाका लागि अब सरकार, सदन र सडकबाट अभियान चलाउने मोर्चाको उद्धेष्य भएको बताउनु भएको थियो  । ‘हामी सडकमा पनि जानेछौँ, सदनमा पनि । नयाँ लडाइँ छेड्ने हो,’ राष्ट्रिय सभागृहमा असार ५ गते आयोजित मोर्चाको घोषणा सभामा प्रचण्डको  भनाई थियो  । 

अहिले मोर्चाका अध्यक्ष पनि चन्द हुनुहुन्छ। तर मोर्चाको घटक छिन्न भिन्न देखिएका छन् । तै पनि प्रधानमन्त्री दाहाल बाढीले उजाडेको बस्तीमा ओत खोजे जस्तै मोर्चाको  खोजीमा हुनुहुन्छ। 

मोर्चामा रहेको जसपा भरखरै  सरकारबाट बाहिरिएका छ। मोर्चाका १२ संसद मध्य ७ सांसदे अशोक राई को नेतृत्वमा अर्को पार्टी खोलेका छन् भने बाँकी ५ सांसद पनि यता न उता भएका छन् । संसद्मा १० सिट भएको नेकपा एस र विप्लव नेतृत्वको नेकपा मात्र अहिले प्रचण्ड सँग छन् । ५४ सिट भएको समाजवादी मोर्चासँग अहिले त्यो घटेर ४२ सिट मात्र भएको छ।  अहिलेको संसदीय अङ्क गणितमा कांग्रेस एमाले मिलेपछि त्यसले कुनै प्रभाव पार्न सक्ने अवस्था देखिएको छैन। 

 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ११ : ४९ बजे