‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुनको मूल्य तोलामा रु आठ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ ।

बुधबार प्रतितोला रु एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने रु एक हजार आठ सय ८५ निर्धारण भएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ११ : ४४ बजे