दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

बुटवल । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषि मन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर अहिरले राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । महरा नेतृत्वको सरकार एमाले बाहिरिएसँगै अल्पमतमा परेको छ । काँग्रेससँग भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ३० बजे