काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।
बुधबार सहकारी पीडितहरुसंगको छलफलमा बोल्दै समितिका सभापति सूर्य थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताउनुभएकाे हाे ।
समितिले आज सहकारीका संचालक र पीडितहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा सहकारी पीडितले आफूहरूले सहकारी ठग देखेको भएपनि सरकारले नदेखेको गुनासो गरेका थिए ।
सभापति थापाले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गरिरहेको बताउनुभयाे । उहाँले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताउनुभयाे ।
प्रकाशित मिति : २६ असार २०८१, बुधबार ५ : २० बजे
प्रतिक्रिया