दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ- मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाउनुभएकाे छ । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताउनुभएकाे हाे ।

आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरी चलाएको आरोप लगाउनुभएकाे छ ।

उहाँले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप समेत लगाउनुभयाे । उहाँले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताउनुभयाे ।

ढकालले आफूलाई प्रचलित कानुन विपरीत कारबाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफूलाई निलम्बनको पत्र थमाइएको जिकिर गर्नुभएकाे छ ।

उहाँले स्पष्टीकरणको मौका नदिएर कारबाही गर्न पाइँदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफू अहिले पनि पार्टीको महामन्त्री रहेको जिकिर गर्नुभएकाे छ ।

आफूलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताउनुभयाे । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : ०९ बजे