दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

समयमा नै अधिवेशन नगर्ने एमालेका ११ जिल्ला कमिटी कारबाहीमा

काठमाडौँ। नेकपा (एमाले)ले समयमा नै अधिवेशन नगर्ने ११ जिल्ला कमिटिलाई कारबाही गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले जेठ मसान्तभित्र अधिवेशन नगर्ने ११ जिल्ला कमिटीलाई कारबाही गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

कारबाही स्वरूप ती ११ वटा जिल्लाका कमिटीलाई सगठित कमिटीको रूपमा रूपान्तरण गरिएको हाे ।

 इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम र बझाङ जिल्ला कमिटिलाई संगठित किमिटिमा  रूपान्तरण गरिएको  एमालेले जनाएकाे छ  ।

अहिलेसम्म  एमालेका ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेका छन् ।

बाँकि ११ जिल्लाको अधिवेशन  पनि आगामी कात्तिक महिनाभित्र सम्पन्न गर्न सचिवालय बैठकले निर्देशन दिएको छ ।

सचिवालय बैठकले सहकारी तथा गरिबी निवारण विभागको सचिवमा परितोष पौडेल र भूमि व्यवस्था विभागमा विजय सुवेदीलाई सचिव तोक्ने निर्णयसमेत गरेको छ । 

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ०६ बजे