दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अस्थिरता र अराजकता रोक्न कांग्रेस–एमाले सहकार्यःओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता  र अराजकता रोक्न कांग्रेस एमाले सहमति भएको प्रष्ट पार्नुभएको छ। बुधबार पार्टी मुख्यालमा आयोजित सचिवालय बैठकमा कांग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेशबारे उहाँले ब्रिफिङ गर्दै यस्तो बताउनुभएको हो  । जारी बैठकको सुरूमा उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्ट पार्नुभयो  ।
अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको ओलीको भनाइ थियो । निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको भन्दै ओलीले आयोग कसैको नेतृत्वमा पनि नबनेको साथै बन्ने भन्ने कुरा नभएको पदाधिकारीहरूलाई जानकारी गराउनुभयो  ।
राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उहाँको  भनाइ छ । एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीले बताउनुभयो  ।

प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको उहाँले  प्रष्ट्यानु भएको छ  । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने उहाँले बताउनुभयो  ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ११ बजे