‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकारी अनुगमन नहुँदा मापदण्ड विपरीत कारोबार गर्ने व्यवसायी बढे 

काठमाडौं । चालु आर्थिक वर्षमा मापदण्ड विपरीत कारोबार गर्ने व्यवसायी बढेका छन् । सरकारले बजार अनुगमनलाई तीव्रता दिन नसक्दा मापदण्ड विपरीत कारबोर गर्ने व्यवसायिक फर्म र व्यवसायी बढेका हुन् । 
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आवको असार अन्तिम सातासम्म ९ सय २९ व्यवसायीलाई मापदण्ड विपरीत कारोबार गरेको भेटिएपछि विभागले कारबाही गरेको हो । उक्त कारबाहीबाट विभागले ३ करोड ६९ लाख रुपैयाँ जरिवाना असुली गरेको छ । 
करिव एक वर्षको अवधिमा विभागले ४ हजार २५५ व्यावसायिक फर्मको अनुगमन गर्दा कानुन विपरीत कारोबार गर्ने ९ सय बढी व्यवसायीलाई कारबाही गरेको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष विभागले ३ हजार ६ सय ९४ व्यवसायी फर्मको अनुगमन गर्दा ७ सय ९८ व्यवसायकि फर्मलाई कारबाही गरेको थियो । कारबाहीबाट विभागले १ करोड ९७ लाख रुपैयाँ जरिवाना असुली गरिएको पनि विभागले जनाएको छ । 
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को मापदण्ड विपरीत व्यापार व्यवसाय गरेको पाइएमा कारबाही गर्ने गर्छ । अनुगमनका क्रममा व्यापारीले मापदण्ड विपरीत व्यापार व्यवसाय गरेको पाइएमा तत्काल ५ हजारदेखि ३ लाख रुपैयाँसम्मको जरिवाना र तीन महिनादेखि ६ महिना कैद गर्न पाउने अधिकार विभागको निरीक्षण अधिकृतलाई दिइएको छ । 
सोही अधिकार बमोजिम विभागको बजार निरीक्षण अधिकृतले मापदण्ड विपरीत व्यापार व्यवसाय गरेको फेला पारेमा तत्कालै ५ हजार देखि ३ लाख रुपैयाँसम्म जरिवाना र कारबाही गर्दै आएको छ । 
चालु आवमा विभागले गरेको बजार अनुगमनमध्ये सबैभन्दा धेरै कारबाहीमा पर्नेमा खाद्य वस्तु,  रेडिमेट तथा थान कपडा, किराना पसलहरु होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्ने व्यवसायी छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि व्यवसाय गर्ने व्यवसायीले उपभोक्तालाई देखिने गरी मूल्य सूची र वस्तुको विल बिजक अनिवार्य रूपमा दिनुपर्नेलगायतका कानुनी व्यवस्था छ । तर, व्यवसायीहरुले उक्त विषयको पालन नगरेको अनुगमनबाट देखिएको विभागका सूचना अधिकारी राकेश पाण्डेले बताएका छन् । 
कानुनले व्यवस्था गरेको मापदण्डको परिपालन नगरी व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई कसुरको अवस्था हेरेर  कारबाही गर्ने गरेको विभागले जनाएको छ । कारबाहीमा परेकामध्ये २ सय ३४ वटा खाद्य वस्तु सम्बन्धी व्यवसाय गर्ने व्यवसायी छन् । उक्त व्यवसायीलाई विभागले ८६ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । 
विभागले १ सय १ वटा कानुन विपरीत कारोबार गर्ने रेडिमेड तथा थान कपडा व्यवसायीलाई कारबाही गरी १९ लाख २२ हजार रुपैयाँ जरिवाना तिराएको छ । यसैगरी, ५३ वटा होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कारबाही गरी ७ लाख १९ हजार जरिवाना गरेको छ । 
अन्य ९० वटा व्यवसायीलाई कारबाही गरी ४१ लाख ३५ हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले ६२ वटा खाद्यन्न किराना व्यवसायीलाई कारबाही गरी १५ लाख ४५ हजार रुपैयाँ जरिवाना गरेको छ । तरकारी ३२ वटा, तरकारी तथा फुलपूmल २६ वटा, हार्डवयर २६ वटा र मार्ट÷मिनि मार्ट चलाउने २८ व्यवसायीलाई विभागले कारबाही गरेको हो । विभागले ८४ वटा व्यवसायी फर्मबाट  १ करोड ५९ लाख रुपैयाँबराबरको वस्ुत नष्ट गरेको छ । 
 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १ : १२ बजे