दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले –कांग्रेस गठबन्धनको पक्षमा शेखर उत्रिएपछि प्रचण्डलाई झड्का 

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालालाई 

प्रयोग गरेर कांग्रेस र एमालेको गठबन्धन  हुन नदिने प्रयासमा लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको योजनाले धक्का खाएको छ। प्रधानमन्त्री दाहालले  आफ्ना यो योजना पुरा गर्न एमाले र कांग्रेसबीच सहमति भएको भोलिपल्टै  आफ्नै  निवासमा बोलाएर शेखर कोइरालासँग एक घण्टा  छलफल गर्नुभएको थियो। 

  प्रधानमन्त्रीमा आफै टिकी राख्न विश्वासको मत लिने कुटिल खेलमा लाग्नु भएका दाहाल शेखरले सार्बजनिक रूपमै एमाले – कांग्रेस गठबन्धनको पक्षमा आफूलाई उभ्याएपछि उहाँलाई ठुलो झड्का लागेको बताइएको छ। 

मङ्गलवार खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आयोजना गरेको ‘छात्रवृत्ति वितरण समारोह’ मा बोल्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन कांग्रेस एमाले गठबन्धन निर्माण भएको बताउनुभएको थियो । कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको उहाँको भनाइ छ ।

“मैले विगत सात÷आठ महिनादेखि मुलुकमा स्थिर सरकार र सुशासन चाहिन्छ भनेर भन्दै आएको थिएँ, आज त्यो पूरा हुने क्रममा छ, कांग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौँ, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउँछौँ”,  कोइरालाको भनाई थियो। 

उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गर्नुभयो । डा कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताउनुभयो ।  

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : ५० बजे