दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले सचिवालय बैठक  सुरु 

काठमाडौँ । हिजो स्थगित भएको नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले ललितपुर, च्यासलस्थित पार्टी मुख्यालमा बैठक भर्खरै सुरु भएको जानकारी दिनुभयो । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सरकारमा पठाउने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजन लगायतका बिषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दाँत उखालेको कारणले सन्चो नभएपछि आजको लागि सारिएको हो । सो बैठक सारिएपछि पार्टी मुख्यालयमा जम्मा भएका नेताहरु चिया गफ गर्दै फर्किएका थिए। 

ठुला दुई दल कांग्रेस र एमालेबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । अहिले ओलीले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुँदा पार्टीका कस्ता नेतालाई मन्त्रीलाई बनाउनुहुन्छ  भन्ने विषयले पनि चर्चा पाइरहेको छ ।

सरकारमा सहभागीताका लागि  अघिल्लो पटक नयाँ अनुहारलाई अवसर दिने नीति लिएको एमाले अब उनीहरु मध्ये केहीलाई फेरि स्थान दिएर अन्य नयाँ पठाउने वा वरिष्ठताका आधारमा मन्त्री छनौट गर्ने भन्ने विषयमा ठोस कुनै नीति बनाएको छैन । आजको बैठकमा यस बिषयमा छलफल हुने बताइएको छ। 
 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : २७ बजे