सुनको मूल्यमा नयाँ कीर्तिमान

हैरान माईतीघर, लखतरान प्रहरी

काठमाडौं । तपाई  काठमाडौँको माइतीघरको बाटो हिँड्नु भएको छ ? छ भने  बिहान बेलुका वा  दिउँसो कति खेर हिँड्नु भएको छ? यदि छ भने  बिहान के देख्नु हुन्छ? दिउँसो के देख्नु हुन्छ र बेलुका के देख्नु हुन्छ? 

पक्कै पनि तपाई बिहानै  माइती घरको बाटो हिडनु भयो भने झन्डै आधा दर्जनको सङ्ख्यामा  पोसाक लगाएका प्रहरी देख्नु हुन्छ। उनीहरू त्यहाँ त्यति बिहानै किन आएका होलान्? यसको सजिलो उत्तर छ आन्दोलन गर्ने धर्ना गर्ने र अनसन गर्ने मान्छे कति आउलान् भनेर कुर्नका लागि हो । 

हिजो आज दिन तात्दै गएपछि माइतीघरको रौनक थपिँदै जान्छ। एउटा कुनामा एउटा माग लिएर एक जना  बसेको हुन्छ भने अर्को कुनामा अर्को जना । कहिलेकाहीँ त धर्ना र अनसन बस्ने  ठाउँ पाउन समेत धौ धौ हुन्छ माइती घरमा ।

बेलायतमा  जनताले आफ्नो असन्तुष्टि राख्ने वा विरोध गर्ने एउटा पार्क छ ‘ह्वाइट पार्क’ । हो त्यो पार्क जस्तै बन्दै छ माइती घर । बेलायतको पार्कमा आयोजक र उसका समर्थक मात्र हुन्छन,  असन्तुष्ट नागरिक वा संस्थाका प्रतिनिधि पार्कको मञ्चमा उभिन्छन् र कसलाई  आलोचना गर्ने हो त्यसप्रति  आफूलाई धित मरुन्जेल फलाक्छन् । हो हाम्रो माइती घर पनि अहिले त्यही फलाक्ने पार्क जस्तो भएको छ। कसले कसलाई कुन अभियोगमा कतिखेर आलोचना गर्छ थाहा हुर्दैन। त्यहाँ सधैँ कोही भाषण गरिरहेको हुन्छ कोही धर्ना र अनसन । यही नियति बनेको छ हिजो आजको माइतीघर मण्डलाको । 

सरकारले यस अघि माइतीघरमा जुलुस प्रदर्शनलाई निषेध गरेको थियो।  निषेध गरेको बेला अनसन र धर्नाकारीहरू भद्रकालीमा बस्थे।  तर माइतीघरमा सरकारले लगाएको निषेधाज्ञाविरुद्ध ठुलै मुद्दा बन्यो, सर्वोच्चमा   उजुरी प¥यो र अदातले त्यसलाई खारेज गरिदियो। 

अहिले त्यहाँ दर्जनौँ ब्यानर देखिन्छन।  तिनमा  आफ्नै नारा लेखिएका हुन्छन् । 

आज कसले धर्ना गर्दै  छ र अनसन सुरु गर्दैछ भन्ने कतिपय कार्यक्रम सुरक्षाकर्मीलाई पनि अग्रिम थाहा हुन्न। प्रहरी  परिसर सिंहदरबारका नेत्र बोहराका अनुसार कतिपय यस्ता धर्ना जुलुसको जानकारी प्रहरीलाई समेत पहिला नै थाहा हुँदैन, तर माइतीघर मण्डलमा यस सम्बन्धमा जानकारी सङ्कलनका लागि  प्रहरी परिचालन गरि राखएिको हुन्छ। उहाँका अनुसार दैनिक ७/ ८ भन्दा कम कार्यक्रम माइतीघरमा भएको आफूलाई थाहा छैन। तर वडा प्रहरी कार्यालय सिंहदरबारसंग धर्ना जुलुसको रेकर्ड भने सबै दुरुस्त रहेको बोहराले बताउनुभयो। 

धर्ना र अनसनको विवरण खटाएका प्रहरीले मैदानबाटै त्यसको जानकारी  आफ्नो कार्यालयमा गराउँछन्  । अनि मात्र थाह हुन्छ त्यो दिनभरि कतिले त्यहाँ नारा जुलुस गरे , कतिले धर्ना , कतिले अनसन बसे भन्ने कुरा । 

पछि अदालतले माइतीघरमा निषेधाज्ञा लाउने सरकारको आदेश खारेज गरेपछि अहिले ढुक्कै यो धर्ना, अनसन, र जुलुस पार्क भएको छ। त्यसैले अहिले पनि त्यहाँ बेहिसाब यस्ता कार्यक्रम भइरहन्छन्  जो बेलुका प्रहरीको रेकर्डमा चढ्छन् । एक प्रहरीका अनुसार त विवरण सङ्कलन गर्ने बेलामा  धर्ना बसेकाहरू उठेर हिडीसकेका हुन्छन् , त्यस्ताको लागत समेत पुग्दैन प्रहरी कार्यालय, सोधखोज गरेर जानकारी लिनुपर्ने बाध्यता समेत आइलाग्छ ।  

माइतीघर मण्डलामा पुग्दा मङ्गलबार झन्डै डेढ दर्जन अनसन र धर्नाकारी भेटिए। कहिले काहि त आन्दोलनकारीहरू भन्दा प्रहरी धेरै  भेटिन्छन् माइतीघर मण्डलामा । 

मंगलबार माइतीघर  मण्डलामा आरती रावल गिरिको धर्ना, राष्ट्रवादीहरूको साझा सङ्गठन नेपालको धर्ना, चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालको धर्ना, तामा गढी सिम्रौनगढ सहयोग तथा मुआब्जा सङ्घर्ष समितिको धर्ना तथा  रिले अनसन, भोटेकोसी गाउँपालिकाको इलेक्ट्रिक हाइड्रोपावर कम्पनी पीडितको धर्ना, भइरहेको देखिन्थ्यो। 

त्यसै गरी मङ्गलबारै सामाजिक अभियन्ता कुमार गुरुङको धर्ना, जाजरकोट जुनिचादी सुर्खेत बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत वर्ष २६ की शाहारा कुमारी शाहीको धर्ना, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) धर्ना, तेल बहादुर घलेको धर्ना, मोरङ सुनबर्सीका  होमबहादुर डाँगी क्षेत्रीको धर्ना, भन्डार खालको लघुवित्त तथा वित्तीय संस्थाको शोषण विरुद्ध सङ्घर्ष समितिको धर्ना जस्ता कार्यक्रम देखिएका थिए। 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : २३ बजे