दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । उहाँले भेटघाट गर्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा सञ्चारकर्मीलाई बोलाउनुभएकाे हाे ।

पार्टी हित विपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्कासित गरेको थियो । 

पार्टीले जिम्मेवारीबाट हटाएपछि उहाँले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिनुभएकाे  थियाे । साथै उहाँले आफू रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा लाग्ने बताउनुभएकाे  थियाे ।

आज सञ्चारकर्मीसँग उहाँले आफ्ना भनाई राख्ने बुझिएको छ । रास्वपाले ढकाललाई जिम्मेवारीबाट हटाएपनि उहाँले त्यसमा पुनरावेदन गर्न ३५ दिनको समय दिएको छ ।
 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : १८ बजे