दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मुकुल ढकालको प्रतिक्रिया- रवि क्लबबाट निष्कासित भएँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिनुभएकाे छ ।

मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि प्रतिक्रिया दिँदै ढकालले आफू रवि लामिछाने क्लवबाट निष्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न नरोकिने बताउनुभएकाे छ । उहाँले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताउनुभएकाे छ ।

रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरे पनि साधारण सदस्यबाट भने हटाएको छैन ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ५७ बजे