दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रास्वपा महामन्त्री ढकाल बर्खास्त, साधारण सदस्यमात्र रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।  

पार्टीको जारी केन्द्रीय समिति बैठकले ढकालको  महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि खोसेको हो ।  ढकाल अब रास्वपाका साधारण सदस्य मात्र रहने हुनुभएको छ । 

 अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ४९ बजे