सुनको मूल्यमा नयाँ कीर्तिमान

रातु नदीको बहाव बढ्यो, धनुषा र महोत्तरीको क्षेत्र डुबानमा

महोत्तरी । महोत्तरीको रातु नदीको बहाव बढेको छ ।

गएरातीबाट परेको अविरल वर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो । जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ ।

स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : २१ बजे