दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले सचिवालय बैठक बस्दै, नेताहरुको जिम्मेवारी हेरफेर हुने

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा गत सोमबार भएको कांग्रेस-एमालेबीचको सत्ता सहकार्यसम्बन्धि सहमतिबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने बताइएको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

गत सोमबार एमाले र कांग्रेसबीच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।

यसैबीच, अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते संसद्मा विश्वासको मत लिँदैहुनुहुन्छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ८ : ४८ बजे