साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ

मुगु । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँको २४ वटा घर र एउटा सार्वजनिक गुम्बा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१ डोल्फु गाउँमा जेठ १२ गते राती विष्णु बहादुर बुढा समेतका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले गाउँका २४ वटा घर र एउटा गुम्बा तोडफोड गरी नगद पैसा, सुन, चाँदी, गरगहना चोरी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

उनीहरुले अन्दाजी सुन ३५ तोला, चाँदी ९९४.५ तोला, बुद्धको मूर्ति-२, रिणमोक्षको मूर्ति-१, मुगाको माला अं.९५ तोला, यार्सा, मोबाइल, नगद ५० लाख २५ हजार समेतका धनमालहरु लुटी  फरार रहेका व्यक्तिहरु मध्ये तीन जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मुखमा मास्क लगाई हातहतियार सहित गाउँमा प्रवेश गरी गोली पड्काई केही स्थानीय मानिसहरूलाई कुटपिट समेत गरी डर त्रासमा पारी चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ८ : ३४ बजे