दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमालेमा निर्णय उल्टिने, अब भूगोलकै जिम्मेवारी 

काठमाडौँ, । नेकपा (एमाले)ले अघिल्लो निर्णय उल्टाउँदै केही नेताको जिम्मेवारी हेरफेर गर्ने भएको छ। २०८० जेठ २३ गते जारी गरेको अन्तर पार्टी निर्देशन–७ उल्टाउँदै यस्तो गरेको हो।  

एमालेको सचिवालय बैठकले गरेको निर्णय २०८० वैशाख २८ देखि ३० गतेसम्म बसेको पाँचौँ केन्द्रीय कमिटी अनुमोदन गरेको कुरालाई २०८० जेठ २३ गते अपानि–७ जारी गरिएको थियो । उक्त बैठकले पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्यलाई आफ्नै भूगोल क्षेत्रबाहेक अन्य क्षेत्रको जिम्मेवारी दिइएको थियो ।  भोलि बस्ने सचिवालय बैठकले सचिवालय बैठकले गरेका निर्णय र पाँचौँ केन्द्रीय कमिटी बैठकले गरेको अनुमोदनलाई उल्टाउँदै केन्द्रीय नेताहरूलाई आफ्नै भूगोलको जिम्मेवारी दिने तयारी गरेको छ।  । 

स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिकाको समेत जिम्मेवारी दिएको थियो ।त्यस्तै प्रदेशका ७ जना इन्चार्ज (सचिव) लाई फरक– फरक प्रदेश इन्चार्ज र केन्द्रीय सदस्यलाई फरक जिल्लाको इन्चार्ज बनाइएको थियो । 

जस अनुसार रघुवीर महासेठलाई कोशी, योगेश भट्टराईलाई मधेस, गोकर्ण विष्टलाई गण्डकी, पद्मा अर्याललाई लुम्बिनी, लेखराज भट्टलाई कर्णाली र छविलाल विश्वकर्मालाई सुदूरपश्चिमको इन्चार्ज तोकेको थियो । प्रदेश र  जिल्ला अधिवेशन सम्पन्न भइसकेपछि नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी दिन थालेको हो । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भोलि बस्ने बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन पुन गर्ने बताउनुभयो । “पार्टीले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएर पठाएको हो । त्यो प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गरेर यस्तो तयारी गरेको उहाँले बताउनुभयो , “अव नेताहरूलाई सम्बन्धित भूगोलको जिम्मेवारी दिइने छ ।”

भोलि बस्ने सचिवालय बैठकले प्रदेश, जिल्लाको इन्चार्ज र सह इन्चार्ज सम्बन्धित भूगोलका नेताहरूलाई दिइने गरि कार्य विभाजन गर्ने छ । फरक भूगोलको जिम्मेवारी दिँदा खासै साङ्गठनिक काम हुन नसकेको एमाले निष्कर्ष निकालेको थियो । त्यही भएर नेताहरूलाई पुरानै जिम्मेवारी सम्बन्धित भूगोलको जिम्मेवारी दिइने छ । 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : ४० बजे