इन्डोनेसियामा बाढी पहिरोले ११ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता

जकार्ता । इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र  आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुग्नुका साथै १७ जना बेपत्ता भएको विपद् व्यवस्थापन निकाय एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।

भारी वर्षाले शनिबार मध्यरातमा रिजेन्सीमा अवस्थित खानीमा पहिरो तथा आकस्मिक बाढी निम्त्याएकाले खनिक शिविरहरूमा ठोक्कादा तिनीहरूलाई बगाएको क्षेत्रीय विपद् व्यवस्थापन निकायको परिचालन एकाईका प्रमुख अच्रिल बेबीओङ्गोले बताउनुभयो । 

यस अभियानमा स्थानीय खोजी तथा उद्धार विभागका करिब १८० जना कर्मचारी, सैनिक, प्रहरी र विपद् एजेन्सीका कर्मचारीहरू संलग्न रहेको बेबीओङ्गोलको भनाइ छ ।
गोरोन्टालो खोजी र उद्धार टोलीका प्रमुख हेरियान्तोले सोमबार खनन स्थलको दुर्गम स्थान र चुनौतीपूर्ण सडक अवस्थाले खोजी प्रयासमा बाधा पुर्‍याएको बताउँदै भाँचिएका पुलहरूका कारण सवारी साधनहरूद्वारा दुर्गम थिए र पैदल यात्रा आवश्यक भएको बताउनुभयो ।  

क्षेत्रीय विपद् व्यवस्थापन एजेन्सीले  पाँच उप–क्षेत्रका २८८ घरहरू प्रभावित भएको र मुख्यतया माटो र भग्नावशेषले भरिएको जनाएको छ भने प्रकोपबाट कम्तीमा एक हजार २९ जना  प्रभावित भएका छन् । 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : २६ बजे