दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत

काठमाडौँ । जसपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति  रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गर्नुभएकाे हाे ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजीनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : ३६ बजे