दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन- ठाकुर गैरे

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताउनुभएकाे छ ।

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गर्नुभएकाे छ ।

उहाँले विपक्षमा करिब दुई तिहाइ बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयाे ।

उहाँले सरकार अल्पमतमा परेपछि यस्तो पनि हुँदो रैछ भन्ने गीत गाउनु भन्दा उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिनुभयाे ।
 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : १६ बजे