साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पार्टी खोस्न आउनेलाई मौका दिइन्न : अध्यक्ष ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु पार्टीलाई एकताबद्ध बनाउन लचिलो भएर   माधव नेपाल पक्षसँग भेटघाट गरेपनि उनीहरुले पहल नगरेको बताउनुभएको छ ।

बालुवाटारमा जारी दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै ओलीले पार्ठी एकवद्घ होस् भनेर नेता योगेश भट्टराई र माधव नेपाललाई भेटेपनि सफल हुन नसकिरहेको बताउनुभयो । ‘दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति भएको देखिँदैन ।’प्रधानमन्त्रीको भनाई थियो । 

कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन आफू दिनरात खटेपनि केही व्यक्तिहरू अराजक ढंगले लागेको उहाँले बताउनुभयो ।  ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीको भनाई थियो । 

प्रधानमन्त्री ओलीले पार्टी खोस्ने ढँगले कोही आउँछ भने त्यसलाई मौका नदिइने बताउनुभयो । उहाँले भन्नुभयो,‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ।’

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : १५ बजे