सिन्धुपाल्चोकको पश्चिमउत्तर क्षेत्रमा बाढी पस्यो, ४२ जनाभन्दा बढी बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ४२ जनाभन्दा बढी बेपत्ता भएका छन्।   बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारहरू बगरमा परिणत भएको छ । चनौटे, ग्याल्थुम सेरालगायत मेलम्ची तटीय क्षेत्र र इन्द्रावती तटीय क्षेत्रमा व्यापक क्षती पुगेको स्थानीयले बताएका छन् । इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्चीको तल्लो बजार क्षेत्र पूर्णरूपमा नष्ट भएको स्थानीयले बताएका छन् । मेलम्ची नवलपुर जोड्ने पक्की पुल समेत इन्द्रावती नदीले बगाएको स्थानीय बासीले बताएका छन् ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : २७ बजे