सुनको मूल्यमा नयाँ कीर्तिमान

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्धार

चितवन । असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करिब  ५ घण्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्धार गरेको छ ।

माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बाँकी २ जनाको सशस्त्र  प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  गोताखोरले शनिबार राती सवा १० बजे सकुशल उद्धार गरेको हो ।

घटना बारे जानकारी पाए पश्चात् कुरिनटारबाट  गोताखोर पठाइएको थियो । उद्धार गरिएकाहरुमा गैँडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओम बहादुर गुरुङ र ४२ वर्षका खुम बहादुर गुरुङ रहेका छन् । बाढीमा फसेका वर्ष ३५ का रमेश बोट भने आफै पौडिएर निस्किएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ४ : १९ बजे