सुनको मूल्यमा नयाँ कीर्तिमान

राप्ती नदिमा बेपत्ता दुवै जनाको शव फेला

दाङ । अविरल वर्षाको कारण राप्ती नदिमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षीय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । उनी दूध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करिब ९: ३० बजे सो नदिले बगाएको बताइएको छ ।

त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँ बस्ती बस्ने ६२ वर्षीय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदिले बगाई बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  २ : ३३ बजे