साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिड्नीमा घरेलु हिंसाको आरोपमा पपुवा न्यू गिनीका मन्त्री पक्राउ

सिड्नी । पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको छ ।

पूर्वी सिड्नीको उपनगर बोन्डीमा पक्राउ परेका मन्त्रीलाई घरेलु हिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले आइतबार समाचारमा उल्लेख गरेको छ । 

स्थानीय समयअनुसार शनिबार बिहान करिब १० बजे घरेलु विवादपछि प्रहरीलाई बोन्डीस्थित एक घरमा बोलाइएको थियो ।

आरोपित ५८ वर्षीय पुरुषसँग भएको विवादपछि ३१ वर्षीया एक महिलालाई चोट लागेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा अधिकारीले ती महिलासँग कुराकानी गरेका थिए । 

महिलासँगको कुराकानीपछि मालादिनालाई गिरफ्तार गरिएको थियो र प्रहरी चौकीमा लगिएको थियो । उहाँविरूद्ध वास्तविक शारीरिक क्षति पु¥याएको आरोपबारे अनुसन्धान भइरहेको छ । 

एबीसीले मालादिनाको बयानलाई उद्धृत गर्दै भनेको छ, “उहाँले अनुसन्धानमा सहभागी भएर अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहनुभएको छ । मन्त्रीलाई सशर्त जमानत दिइएको र बिहीबार अदालत उपस्थित गराउने बताइएको छ । 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ५० बजे