‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गण्डकमा पानीको बहाव १६ वर्ष यताकै उच्च, सबै ढोका खोलिए

नवलपरासी,पश्चिम्  ।  अविरल वर्षाका कारण पानीको बहाव बढेपछि नारायणी नदिमा रहेको गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीमा अवस्थित ब्यारेजका सबै ३६ ओटै ढोका खोलिएको हो । अहिले गण्डक ब्यारेजमा  ४ लाख ५० हजार क्युसेक पानीको बहाव रहेको भू–आर्जन कार्यालय गण्डकका अमिन राजन पन्तले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

ब्यारेजका संरचना पुरानो भएकाले ३ लाख क्युसेक भन्दा बढी पानीको बहाव पुगेपछि खतराको सङ्केत मान्ने गरिन्छ ।

गण्डक बाध पुरानो हुँदै गएका कारण  जीर्ण बन्दै गएको छ । निमार्णको समयमा गण्डक ब्यारेजको बहाव क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ५ लाख क्युसेक प्रतिसेकेन्डसम्म बाढीको बहाव बहन गर्न सक्ने गण्डक ब्यारेजका सम्पर्क अधिकारी काशिनाथ हरिजनले जानकारी दिनुभयो ।

नारायणी नदीमा बाढि आउँदा गण्डक बाँध पश्चिमका, पश्चिम नवलपरासीका २२ ओटा गाउँ जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयलयको तथ्याङ्कले देखाएको छ। पानीको बहाव बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन ओटै सुरक्षा निकायको टोली तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : २७ बजे