सुनको मूल्यमा नयाँ कीर्तिमान

घाँस काट्न निस्केकी एक महिला मृत फेला 

डोटी ।डोटीमा एक महिलाको शव फेला परेको छ ।

मृत फेला पर्नेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरी ४८ वर्षीय चन्दा बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिष्ट हिजो शनिबार बिहान ११ बजेको समयमा घरबाट घाँस काट्न निस्केकी थिइन् । 

घाँस काट्न गएकी उनी राती अबेरसम्म घर नफर्किएपछि उनको हिजोदेखि नै प्रहरीले खोजीकार्य गरेको थियो । खोजी गर्ने क्रममा उनको शव आज ९आइतबार ० बिहान घरभन्दा करिब आधा घण्टा तल जङ्गलमा  फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनु भयो । 

घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले बताउनु भयो । 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : १९ बजे