सुनको मूल्यमा नयाँ कीर्तिमान

काभ्रेमा खोलाले बगाउँदा दुईजनाको मृत्यु

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । 

आज साँझ रोशी–११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले खोला तर्ने क्रममा दुवैलाई बगाएको र तल्काल खोजतालस गर्दा करिब नौ सय मिटर तल मृत अवस्थामा फेला परेको बताउनुभयो । 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : २१ बजे