चिनियाँ कम्युनिष्ट पार्टी र एमाले नेताहरूबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव  विष्णु रिमालको नेतृत्वमा छिमेकी देश चीन भ्रमणमा रहेको टोली र चिनियाँ कम्युनिस्ट पार्टी, युनान प्रान्तका उपसचिव शी युगाङबीच कुन्मिङमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा द्विपक्षीय  सम्बन्ध, सहकार्य, दुई  पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियोे । शुक्रबार भएको भेटले दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ घनिष्ट बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उपमहासचिव  रिमालले बताउनुभयो । उहाँले चीनको विकास, गरिबी उन्मूलन र जनताको जीवनस्तर सुधारका लागि गरिएका प्रयासका बारेमा जानकारी हासिल गर्ने अवसर उपलब्ध भएको बताउनुभएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेता शीले चीनमा गरिबी उन्मूलन र विकास कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको रिमालले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ५१ बजे