सुनको मूल्यमा नयाँ कीर्तिमान

नारायणी बस्ती पस्दा गैँडाकोटका २५ घर डुबान  

नवलपुर । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेर बस्ती पस्दा गैँडाकोटमा २५ घर डुबानमा परेको छ । 

गैँडाकोट –२ बोटे टोलमा बाढी  स्थानीयको घरभित्रै पसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिनुभयो । बाढी घरभित्र पसेर लत्ताकपडा तथा अन्नपात भिजेर क्षति भएको छ । बाढीसँगै आएका काठ दाउरा मुढा समेत घरभित्रै पसेको छ । 

बाढी घरभित्रै पसेपछि स्थानीय , प्रहरी , जनप्रतिनिधि  समेतको सहयोगमा स्थानान्तरण गर्ने कार्य भएको पौडेलले बताउनुभयो । बस्तीबाट २०० मिटर पर रहेको टोल सुधार समितिको ट्रस्ट र आफन्तको घरमा स्थानीय बासिन्दा , पशु चौपाया अन्नपात स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । अहिले सम्म मानवीय  तथा पशु चौपायाको क्षति नभएको उहाँले बताउनुभयो । 

 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ३ : २४ बजे