सुनको मूल्यमा नयाँ कीर्तिमान

केपी ओलीका व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

भक्तपुर ।   नेकपा (एमाले)का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । 

सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुत्नुभएका उहाँलाई गएराति परिवारले अस्पतालमा लगेका थिए ।  भक्तपुर अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो  उहाँलाई हृदयघात भएको आशंका गरिएको छ ।

घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ । उहाँको शव पोष्टमार्टम गरेर शनिबार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।  थापा  सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन्नुहुन्थ्यो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १ : ०८ बजे