देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

झापामा  महिलाको हत्या, श्रीमान् फरार

भद्रपुर, झापा । झापामा एक महिलाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–३ कामाटोली निवासी अन्दाजी २७ वर्षीय अनिशाकुमारी गणेशको शुक्रवार अपराह्न हत्या भएको हो ।

अनिशाको हत्या उनकै श्रीमान् सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बताएका छन् । शुक्रवार अपराह्न ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि आमा कोठामा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेर तत्काल छरछिमेकलाई खबर गरेको र स्थानीयले घटनाबारे खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो । उहाँका अनुसार अनिशाको टाउकोमा फलामे हम्मर प्रहार गरी हत्या गरिएको छ ।

घटनापछि श्रीमान् सतिश फरार रहेको बुझिएको छ । सँगै एउटै घरमा बस्दै आए पनि अनिशा र सतिशबीच सम्बन्ध राम्रो थिएन । सतिशले पहिला पनि श्रीमतीलाई कुटपिट गर्दै आइरहेका थिए । उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटक पटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन् ।

प्रहरीले श्रीमान् सतिशलाई खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १२ : ३३ बजे