साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी

क्वालालम्पुर (मलेसिया)  । मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा ३९ जना बिरामी परेको अल जजिराले शुक्रबार स्थानीय अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ । 

ग्यास चुहावटका पीडितहरू चक्कर आउने वाकवाकी लाग्नेलगायतका समस्याबाट पीडित भएको  स्थानीय उद्धार अधिकारी मुहम्मद नूर खैरी सामसुमिनले  विज्ञप्तिमा उल्लेख गर्नुभयो । 

अधिकारीले एक बिरामीलाई अस्पतालमा भर्ना गरिएको र  अन्य चौध जनालाई उपचारका लागि एयर डिजास्टर युनिटमा लगिएको बताएका छन् ।

मुहम्मद नूरका अनुसार चुहावट भएको ग्यास मिथाइल मर्काप्टानको रूपमा पहिचान गरिएको थियो र तरल पेट्रोलियम ग्यासमा मिसाइन्छ ।

प्रहरीका अनुसार नौ वर्षदेखि बेवास्ता गरिएको स्किड ट्याङ्क ग्यास चुहावटको स्रोत थियो । 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : १० बजे