साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सहकारी ठगी छानबिन समितिमा गृहसचिव र महानिरीक्षकसँग छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ ।

शुक्रबार बसेको समितिको दशौँ बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारबाहीको विषयमा छलफल गरेको हो  ।

यसअघि समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक  कमल भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँग छलफल गरेको थियो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : ०३ बजे