सुनको मूल्यमा नयाँ कीर्तिमान

जलसमाधि लिन्छुभन्दै हिँडेका साहित्यकार तीनदेखि बेपत्ता

काठमाडौं । जल समाधी लिन्छु भन्दै हिँडेका डायस्पोरा साहित्यका बिज्ञ डा. रामजी तिमल्सिना यही असार १९ गते बाट बेपत्ता हुनुभएको छ ।
घरमा उहाँ आफ्नी आमासँग बस्ने गर्नु हुन्थ्याे। खाना खान नआएको भन्दै आमाले खोज्न थालेपछि उहाँ बेपत्ता भएको खुलेको हो ।  धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा पढाउने तिम्सिना कलेजमा समेत अनुपस्थित भएपछि उहाँका सहकर्मीहरुसमेत खोजीमा जुटिरहनुभएकाे छ । 

तिमल्सिनाले फेसबुकमा मंगलबार दिउँसो एउटा पोस्ट शेयर गर्नुभएकाे थियाे । उहाँ त्यो दिन रातीसम्म सक्रिय रहेको उहाँका सहमकर्मीहरुले जनाएका छन् । बुधबार बिहानदेखि बेपत्ता उहाँको कोठामा एउटा चिर्कटो पाइएको छ । जसमा ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा । मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ । 

तिम्सिना बेपत्ता भएपछि प्रहरीमा निवेदन दिइएको छ । प्रहरीले उनको मोबाइल लोकेसन ट्रेस गर्नेदेखि स्थानीयहरुसँग सोधपुछका सबै तरिका अपनाएको छ । उहाँको मोबाइलको अन्तीम लोकेसन चतरा–बराहक्षेत्र आसपास पाइएको छ भने उहाँको मोबाइलमा अहिले पनि फोन लागिरहेको छ । 

सरल र मिजासिला स्वभावका तिम्सिना शिक्षणका अतिरिक्त साहित्य र खोज अनुसन्धानमा सक्रिय हुनुहुन्छ।  उहाँ साहित्यततर्फ पनि समालोचनामा रूचि राख्नुहुन्छ। 

प्रहरीले चतरा तथा बराहक्षेत्र मन्दिर आसपासका क्षेत्रमा खोजी भइरहेको जनाएको छ । उहाँ हराउनुअघि आफन्त वा सहकर्मीहरुलाई कुनै संकेत पनि दिएको नपाइएको उाहँका सहकर्मी तथा प्राध्यापक टिका आत्रेयले बताउनुभयाे  । 

‘वहाँले भन्नुपर्ने शंका गरिएका सबै व्यक्तिहरुलाई सोध्यौं, मेसेज, इमेल हेर्न लगायौं, तर कतैबाट केही जानकारी आएको छैन,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : २८ बजे