‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हरेक टियागो इभि बुकिङमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ ।

मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ । 

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरि रहेका शोरुमहरुमा यही असार २१ गते देखी २३ गते सम्म एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । 

यस मेलामा सहभागी भएर ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ्घ सुविधाहरूको फाइदा लिन सक्नु हुनेछ । साथै टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्टहरू पनि पाउन सक्नुहुनेछ । उल्लेखित अफरहरू मन्सुन एक्सचेन्ज मेलाको तीन दिनका लागि मात्र लागु हुनेछ ।

 ग्राहकहरूको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजेसम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा हुन गइरहेको छ ।   

 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : ०७ बजे