‘अब गठन हुने सरकार उदाहरणीय बन्नुपर्ने’

धरान ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब गठन हुने सरकार जनताको हितमा काम गरेर उदाहरणीय बन्नुपर्ने बताउनुभएको छ । 

 नेपाली कांग्रेस इटहरीको दोस्रो नगर सम्मेलन आज उद्घाटन गर्दै थापाले वर्तमान सरकार स्पष्ट अल्पमतमा पर्दासमेत प्रधानमन्त्रीले राजीनामा दिन आलटाल गरेको बताउनुभयो ।  

अबको सरकार नदेखिने नसुनिने तर आफ्नो प्रशंसा आफैँले गर्ने नभइ आमनागरिकले सरकार परिवर्तन पछि राम्रो काम भयो भन्ने महसुस गराउने किसिमको बन्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ९ : ४७ बजे