साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य

महेन्द्रनगर । केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका आठ वटा विद्यालयको नतिजा शून्य भएको बताउनुभयो । उहाँका अनुसार भीमदत्त नगरपालिकाका दुई वटा, लालझाडी गाउँपालिकामा दुई, वेदकोट नगरपालिकामा एक, शुक्लाफाँटा नगरपालिकामा पनि एक विद्यालयको नतिजा शून्य आएको हो ।

    त्यसैगरी बेलौरी र पुनर्वास नगरपालिकाअन्तर्गत पनि एक÷एक विद्यालयको नतिजा खराब आएको शिक्षा इकाइका निमित्त प्रमुख भट्टले जानकारी दिनुभयो । “ती विद्यालयबाट एसइईमा सहभागी विद्यार्थीले सम्पूर्ण विषयमा न्यूनतम ग्रेड ल्याउनुपर्ने हो त्यो सबै विषयमा सकेनन्”, उहाँले भन्नुभयो । 
 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ८ : ४७ बजे