सुनको मूल्यमा नयाँ कीर्तिमान

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा माेरसाइकल दुर्घटना हुँदा चालकाे मृत्यु भएकाे छ भने मोटरसाइकलमा सवार १ जना घाइते भएका छन् ।

शिवराज नगरपालिका-९ बानियाभार स्थित सडकमा लु.४३ प ७१२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा  सोही नगरपालिका-१ बनकट्टा बस्ने २३ वर्षीय सन्तोष बिकको मृत्यु भएको हाे  ।

दुर्घटनामा गम्भीर घाइते भएका बिकको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको छ ।

 दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : ४५ बजे