‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जापानी येनमा यसरी जोडियो नेपाल, नेपालबिना जापान चल्नै नसक्ने उत्पादकको दाबी

​​​​​​​टोक्यो । जापानी पैसा येनका नयाँ नोटहरूको सम्बन्ध यसपालिबाट नेपालसँग जोडिएको छ । हिमाली क्षेत्रमा पाइने अर्गेली भनिने पहेँलो फूल फुल्ने बिरुवाबाट निकालिने चम्किलो लोक्ता (नेपाली कागज) जापानी येनको नोटमा प्रयोग गरिएको छ ।

जीओ न्युजले जनाए अनुसार १० हजार, पाँच हजार र एक हजार येनका नोट बुधबारदेखि जापानको बजारमा ल्याइएको हो, जसमा नेपाली कागज प्रयोग गरिएको छ । ती नोटहरू बुधबार जापानका प्रधानमन्त्री फुमिओ किसिदाले बैंक अफ जापानको हेडक्वार्टर टोक्योमा सार्वजनिक गरेका थिए । सो कार्यक्रममा बैंकका गभर्नर काजुओ उएडा समेत सहभागी थिए ।

बिस वर्षपछि जापानले यसरी नोटमा परिवर्तन गरेको हो । सीएनएनले जनाए अनुसार जापान सरकारका लागि कागज उत्पादन गर्ने कम्पनी कान्पाऊका अध्यक्ष तादासी मात्सुबारा भन्छन्, "मलाई लाग्छ, नेपालले जापानको अर्थतन्त्रमा योगदान गरेको छ । क्यास जापानको अर्थतन्त्रका लागि आधारभूत कुरा हो । नेपालबिना जापान चल्न सक्दैन ।"

अर्गेलीको झाडीदेखि पेपरसम्मको क्रममा लामो यात्रा पूरा गर्नुपर्छ । यसको फाइबर बलियो हुन्छ । मात्सुबाराका अनुसार यो पेपरका बिरुवा पहिले जापानमा नै उत्पादन गरिँदै आए पनि अहिले उत्पादन घटेको छ ।

उनका अनुसार यो बिरुवा रोप्ने किसानको संख्या अहिले जापानी गाउँमा कम छ । उनीहरू सहरतिर गएका छन् । यसकै कारण जापानको सप्लाई चेनमा नेपाल परेको हो ।

कानपाऊ सबैभन्दा पहिला सन १९९० को दशकमा एउटा च्यारिटी कार्यक्रम लिएर नेपाल गएको थियो । त्यसले नेपालमा इनार खन्ने लगायतका काममा सघाएको थियो । यसैक्रममा सो कम्पनीका मानिसले नेपालमा अर्गेली देखेका थिए । त्यसपछि सो कम्पनीले नेपाली किसानलाई पेपर बनाउने बिरुवामा आकर्षित गरायो । विभिन्न प्रक्रिया पूरा गरेपछि यसको पेपर चिसो यामतिर पूरा हुन्छ ।

त्यसपछि यो नेपालको राजधानी काठमाडौंमा लगियो । काठमाडौंबाट भारतको कोलकाता हुँदै त्यहाँबाट पानी जहाजमा जापानी सहर योकोहामा पुर्‍याइयो । त्यहाँ निरीक्षण गरेर सो पेपरलाई फेरि प्रोसेस गरियो र प्रिन्टपछि बादाबरा सहर नजिक क्यासको रूपमा नेसनल प्रिन्टिङ ब्युरोले काट्यो । 

मात्सुबाराका अनुसार पुरानो नोटमा भन्दा यसपालिको नोटमा धेरै कच्चा पदार्थ प्रयोग गरिएको छ । सो कागजको उत्पादन गर्ने गाउँका किसानलाई पनि त्यसको उत्पादनले राहत पुर्‍याएको मात्सुबाराको भनाइ छ ।

पछिल्लो समय इलाम जिल्लामा पेपरबुस एक लाख ८० हजार येन अर्थात् एक हजार ११४ डलरमा बेचिएको र सो जिल्लाबाट उक्त कार्यमा संलग्न ६ किसानमध्ये हरेकलाई करिब ३० हजार येन अर्थात् १८५ डलर प्राप्त भएको मात्सुबाराको भनाइ छ ।

सीएनएनले स्वतन्त्ररूपमा मात्सुबाराको भनाइ पुष्टि गर्न भने नसकेको जनाएको छ । सुरुमा यो गतिविधि नेपाललाई जापानको सहयोगको रूपमा रहेको तर अहिले फरक भएको उनले बताए ।उनले जापानलाई मद्दतका लागि यस मामिलामा नेपाली जनताले कडा परिश्रम गरेको समेत जनाए ।

सीएनएनबाट ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ९ : ५८ बजे