राजीनामा बुझ्दै प्रचण्डको प्रतिक्रिया : “…. एउटा भुल गरेँ मैले”

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एमालेबाट मन्त्री बनेका ८ मन्त्रीको राजिनामा बुझ्दै  गायक फत्तेमानको एउटा गीत गुनगुनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीबाट धोका बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा बुझाउन पुगेका एमालेका ८ जना मन्त्रीसँग प्रचण्डले कुनै राजनीतिक टिपपणी नगरी गीत गुनगुनाएका हुन् । 

राजीनामा पत्र बुझ्दै प्रचण्डले ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले’ बोलको  फत्तेमान राजभण्डारीको गीतको गीति हरफ सुनाएका हुन् । 
‘मैले एउटा गीत सम्झिरहेको छु, ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले‘ कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले‘ मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’

प्रचण्डकाे प्रतिक्रिायमा एमालेका मन्त्रीहरुले पनि कुनै टिप्पणी भने गरेनन् । उनीहरु एकछिनमै बालुवाटारबाट निस्किएका थिए ।

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ०९ बजे