रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन

काठमाडौँ  । अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै केही दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको छ ।

ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्तासमेत तोकिएको छ । ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिनेसमेत जनाइएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ६ : ५९ बजे