सुनको मूल्यमा नयाँ कीर्तिमान

एमालेका मन्त्रीकाे बालकोटमा छलफल, सामुहिक राजीनामाकाे तयारी

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट बोलाउनुभएको छ ।

अध्यक्ष ओलीलेमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टीबाट सहभागी मन्त्रीहरूलाई बुधबार साँझ सामूहिक रूपमा बालकोटस्थित आफ्नो निवासमा बोलाउनुभएको हो । 

समर्थन फिर्ता लिने निर्णयपछि ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनुभएको हो ।

एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित नेतृत्व गरिरहनुभएको छ । त्यस्तै, पदम गिरी कानुन, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री हुनुहुन्छ  ।

एमालेबाट मन्त्री बन्नुभएका सबै मन्त्रीहरुले आजै सामुहिक राजीनामा दिने तयारी रहेको बताइन्छ । 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : १५ बजे