सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रचण्ड सरकार ढल्ने चक्रपथको त्यो समाचार 

काठमाडौं। लेख्दै जाँदा कुनै समाचार यति प्रभावकारी हुन्छन् कि त्यसले एउटा निर्णायक भूमिका निर्वाह गरे जस्तो हुन्छ।  यो साता चक्रपथको एउटा समाचारले राम्रै सूचना पत्तो पाएको  कुरा सार्बजनिक भयो – त्यो थियो प्रचण्ड सरकार ढल्दैछ भन्ने समाचार । 

सोमबार राती अबेर सम्म नेताहरु बसेर  कांग्रेस – एमालेबीच सहमति गरेका थिए। तर दुबै पक्षबाट यसलाई  गोप्य राखिएको थियो।  चक्रपथलाई भने सोमबार दिउँसो नै यो जानकारी आइसकेको थियो। सोमबार दिउसो नै चक्रपथले ओली नेतृत्वमा सरकार बनाउने तयारी शीर्षक दिएर समाचार प्रकाशित गरेको थियो। त्यो दिन समाचार जस्ताका तस्तै प्रकाशित गरिएको छ। त्यो समाचार जस्ताका तस्तै फेरि प्रकाशित गरिएको छ।   

ओलीको नेतृत्वमा सरकार बनाउने तयारी

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने तयारी भएको छ।

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने भएको हो।उच्च राजनीतिक स्रोतका अनुसार विकसित राजनीतिक घटनाक्रममा कुनै फेरबदल नआए यसै साता भित्र ओलीको नेतृत्वमा सरकार बनिसक्ने छ।

मुलुकमा विद्यमान सङ्कटलाई संविधान संशोधन समेत गरेर समाधान गर्ने निष्कर्षसहित राष्ट्रिय सहमतिको सरकार बन्न लागेको हो । सकेसम्म माओवादी, रास्वपासहितको राष्ट्रिय सरकार बनाउने तयारी छ । उच्च स्रोतले चक्रपथलाई भन्यो – ’ माओवादी र रास्वपा आएनन् भने  एमाले,काँग्रेस, जनमत, अशोक राई नेतृत्वको जसपा, लोसपा सहितको सरकार बन्ने छ।’ 

स्रोतका अनुसार काँग्रेस र एमालेबीच मन्त्रालयसमेतको सामान्य भागबन्डा भएको छ । माओवादी र रास्वपा नआएको अवस्थामा काँग्रेसले ११ र एमालेले १० मन्त्रालय लिनेछन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार बिहान भएको भेटमा ओलीले दाहाललाई आफ्नो नेतृत्वमा  राष्टिय सहमतिको सरकार बन्दा राजीनामा दिएर सरकार सहभागी हुन सुझाउनु भएको थियो। 

ओलीले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी दिन आजै साँझ मन्त्रीहरूलाई आफ्नो निवास बाल्कोटमा बोलाउनु भएको  बताइएको छ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : ३६ बजे