साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
    
न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज सो प्रकरणमा थापाको पनि संलग्नता देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार चलान गरिएको छ । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 
 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : ५१ बजे